८ अगस्तः भारतले आफ्नो अजेय अभियान जारी राख्दै सोमवार चेन्नईमा भएको एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको राउण्ड रोबिन म्याचमा साउथ कोरियालाई ३-२-ले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गऱ्यो। भारतको तर्फबाट म्याचमा निलाकान्ता शर्माले छैटौं, हरमनप्रीत सिंहले २३औं अनि मनदीप सिंहले ३३औं मिनटमा गोल गरे। यसरी नै साउथ कोरियाबाट किम सुंगह्युनले १२औं अनि येंग जीहुनले ५८औं मिनटमा गोल गरे। यस जीतको साथ भारत चारवटा म्याचमा १० पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। आयोजक टीमले अहिलेसम्म तीनवटा म्याच जितेको छ जबकि जापान विरुद्ध म्याच चाहिँ ड्र रहेको थियो। भारतले आफ्नो अन्तिम लीग म्याचमा बुधवार पाकिस्तानको सामना गर्नेछ।