पुरस्कारमा अमेरिकामा आधा एकड़ जमीन पाए रदरफोर्डले

IMG-20230808-WA0145.jpg

८ अगस्तः क्रिकेटमा अचम्भलाग्दो पुरस्कारहरू दिइएको प्रशंसकहरूले धेरैपल्ट देखिसकेका छन्। मिक्सर ग्राइण्डर, राइस कुकर, ब्याट ग्रीप, शू लेस-देखि लिएर २.५ किलो माछा जस्ता पुरस्कारहरू यसअघि पनि दिइएको हो तर कनाडा टी२० लीगको अवधि वेष्ट इण्डिजका अलराउण्डर शेरफाने रदरफोर्डलाई प्राप्त भएको पुरस्कारले सबैलाई चकित बनायो। ग्लोबल टी२० कनाडा टुर्नामेण्टमा प्लेयर अव् द टुर्नामेण्ट रहने रदरफोर्डलाई पुरस्कारमा अमेरिकामा आधा एकड़ जमीन प्राप्त भयो। पुरस्कार वितरण समारोहमा रदरफोर्ड इनाम लिन जाँदा त्यस घटनाको खुलासा भयो। ग्लोबल टी२० कनाडा टुर्नामेण्टको फाइनलमा मण्ट्रियल टाइगर्सलाई जीतको निम्ति १३१ रनको लक्ष्य प्राप्त भएको थियो। रदरफोर्डले २९ बलमा अविजित ३८ रन बनाएर आफ्नो टीमलाई जीत दिलाए। उनले सीजनमा ४४-को औसतले २२० रन बनाए। यसैकारण उनलाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। म्याचपछि वेष्ट इण्डिजका महान क्रिकेटर क्लाइव लोयडले रदरफोर्डलाई प्लेयर अव् द टुर्नामेण्टको चेक प्रदान गरे, जसमा उनको इनाम लेखिएको थियो- संयुक्त राज्य अमेरिकामा आधा एकड़ जमीन।
आधा एकड़ जमीनको उनको पुरस्कार क्रिकेट या कुनै पनि खेलमा अद्वितीय हो। संयुक्त राज्य अमेरिकामा महँगाईलाई ध्यानमा राखेर रदरफोर्डको निम्ति पुरस्कार फाइदाजनक नै रह्यो। जीटी२० कनाडा टुर्नामेण्टमा असल प्रदर्शनको साथ रदरफोर्डलाई आईपीएलको लिलामीमा असल अनुबन्ध हासिल हुने अनि वेष्ट इण्डिज टीममा पनि फर्किन सक्ने आशा रहेको छ। रदरफोर्डले आईपीएलमा अहिलेसम्म चारवटा अलग-अलग फ्रेञ्चाइजीको प्रतिनिधित्व गरिसकेका छन्। साल २०१९-मा उनले दिल्ली क्यापिटल्स, २०२०-मा मुम्बई इण्डियन्स, २०२१-मा सनराइजर्स हैदराबाद र २०२२-मा आरसीबी-को प्रतिनिधित्व गरेका थिए तर २०२३-को सीजनमा उनलाई कसैले खरीद गरेको थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement