८ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच थियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा जरायोटारले सेजुम ए टीमलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रकाश थापा, ईश्वर भुजेल, अभिषेक र सन्ता भुजेलले १-१ गोल गरे। यसरी सेजुम ए टीमबाट लेण्डुप लेप्चाले २ अनि भिम लेप्चाले १ गोल गरे। यसरी दोस्रो म्याचमा सेप खोलाको टीम नआउँदा वक्ओभर पाएर ड्राइभर यूनियनले अघिल्लो राउण्डमा स्थान बनायो । यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।