तेस्रो क्वार्टर फाइनलमा सेण्ट ब्रदर्स रांगामाटीको जीत

IMG-20230808-WA0129.jpg

८ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सेण्ट ब्रदर्स रांगामाटीले सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा सोमवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा सेण्ट ब्रदर्स रांगामाटीले दालिम किरात एफसी-लाई २-०-ले पराजित गऱ्यो। म्याचमा उमेश शर्मा रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अशोक रोय र हेम कुमार राई थिए। राजेश थापा फोर्थ अफिसियल थिए। टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, मंगलवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिस र सत्य ज्योति संघ, बुड़ीखोलाबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement