जनउनमुक्ति दिवस तयारीलाई लिएर मन्त्रीगणले गरे कार्यक्रमस्थलको निरीक्षण

IMG-20230808-WA0006.jpg

गान्तोक: आगामी १० अगस्तको दिन सम्पन्न हुन गइरहेको छैटौं जन उन्मुक्ति दिवसको तयारी रम्फूस्थित खेल मैदानमा युद्धस्तरमा भइरहेको छ।

आज विधानसभाका अध्यक्ष अरुण उप्रेती, मन्त्री एवं युवा प्रकोष्ठका उपाध्यक्ष प्रभारी संजित खरेल, मन्त्री एम.एन शेर्पा, मन्त्री एलबी दास, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूले कार्यक्रम स्थलमा निरीक्षण गरे।

पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उपस्थित अध्यक्ष, मन्त्रीगण साथै राजनीतिक सचिव, प्रेस सचिव साथै सल्लाहकार सबैले जन उन्मुक्ति दिवस मनाउने ओैचित्यबारे जानकारी दिँदै सम्पूर्ण सिक्किमेली जनतालाई सो दिन यस ऐतिहासिक कार्यक्रमको साक्षी बन्न र सहभागी हुन रम्फू खेल मैदानमा उपस्थित हुनुपर्ने आग्रह गरेका छन्। उक्त दिनमा सिक्किमको छ:वटै जिल्लाबाट धेरै मानिसहरूको उपस्थिति रहने पनि जानकारी दिएका छन्। कार्यक्रममा धेरै विभिन्न पार्टी त्याग गरेर वर्तमान सत्तारूढ़ दल एसकेएम पार्टीमा सामेल हुने भएका छन्।

मुख्यमन्त्री एवं पार्टी अध्यक्ष पीएस. गोलेको जन सम्बोधन सो दिनको मुख्य आकर्षण रहेने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement