गान्तोक: आज राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले लेप्चा जातिको ‘टेन्डोङ-लो-रुम-फात’ आयोजक समितिका अध्यक्ष सडक मन्त्री साम्डुप लेप्चा टोलीसित भेट गरे। टोलीमा मुख्यमन्त्रीका राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा पनि सामेल थिए। उक्त भेटमा राज्यपालले समुदायलाई शुभकामना दिए। यसबीच राज्यपाललाई पर्वबारे सम्पूर्ण जानकारी र यसको पृष्ठभूमि पनि जानकारी गराइएको थियो। सिक्किमका जनतालाई प्रकृति प्रेमी भनेर वर्णन गर्दै राज्यपालले टेन्डोङ पर्वतमा सिक्किमीहरूको पूजाले उनीहरूको संरक्षण र प्रकृतिप्रतिको प्रेम झल्काउने उल्लेख गरे। उऩले मानव जीवन दिने प्रकृतिको सम्मान गर्नु सराहनीय कार्य हो भने। यस बैठकमा सिक्किम लेप्चा संघ, सिक्किम लेप्चा युवा संघ र क्किम लेप्चा साहित्य संघका प्रतिनिधिहरू पनि उपस्थित थिए।