डायमण्ड क्लबको तत्वावधानमा समपन्न स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको आज तेस्रो क्वाटर फाइनल खैल माल बस्ती खेल मैदानमा खेलियो। आजको खेलमा एस टी ब्रदर्स रांगामाटी बनाम दालिम किरात एफ सि माझ भिडन्त भएको थियो।खुबै रोमान्चक रुपमा समपन्न भएको खेलमा केवल दुई गोल दाग्न सफल भयो।यस खेलमा एस. टी. ब्रदर्स रांगामाटी बिजयी बनेको छ। आजको खेलमा निर्णायकहरुमा क्रमैले उमेश शर्मा, अशोक रोय र हेमकुमार राई र चौथो निर्णायकमा राजेश थापा थिए।