७ अगस्तः वेष्ट इण्डिज यात्रामा जाने भारतीय टी२० इण्टरनेशनल क्रिकेट टीमको कप्तानी गरिरहेका हार्दिक पाण्ड्याले दोस्रो टी२० म्याचमा आयोजक टीमका ब्याटर ब्रेण्डन किंगलाई आउट गर्नको साथै ठूलो उपलब्धि हासिल गरे। हार्दिक टी२० क्रिकेट (अन्तर्राष्ट्रिय र घरेलु मिलाएर)-मा ४००० रन र १५० विकेटको डबल पूरा गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन्। सेतो बलको फर्मेटमा हार्दिक भारतीय क्रिकेट इतिहासका सबैभन्दा सफल अलराउण्डरहरूमा एक हुन्। टी२० क्रिकेटमा ४००० रन र १५० विकेटको डबल पूरा गर्ने उपलब्धिले उनको कौशल, समर्पण र खेल प्रति अटूट प्रतिबद्धतालाई दर्शाउँछ।
गुजरातको सूरतमा जन्मिएका हार्दिकले आफ्नो क्रिकेट करियरको शुरुवात इण्डियन प्रीमियर लीग (आईपीएल)-बाट गरेका थिए। साल २०१५-मा मुम्बई इण्डियन्सबाट पदार्पण गरेपछि उनले आईपीएलमा १२३ वटा म्याच खेलेर ३०.३८-को औसतले २३०९ रन बनाइसकेका छन्। उनले आईपीएलमा १७२ वटा चौका र १२५ वटा छक्का लगाइसकेका छन्।