७ अगस्तः इण्डियन प्रीमियर लीग (आईपीएल) टीम सनराइजर्स हैदराबादले पूर्व दिग्गज ब्रायन लारासँग दुई सीजनको गठबन्धन तोड़ेर न्यूजील्याण्डका पूर्व स्पिनर डेनियल भिटोरीलाई आफ्नो नयाँ मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। न्यूजील्याण्ड क्रिकेट टीमका पूर्व कप्तान भिटोरीको आईपीएलमा यो दोस्रो कोचिंग कार्यकाल हुनेछ। यसअघि उनी २०१४-देखि २०१८-सम्म रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) टीममा मुख्य प्रशिक्षक रहेका थिए। भिटोरीले हालै अष्ट्रेलियाई पुरुष टीममा सहायक प्रशिक्षकको रूपमा पनि काम गरेका थिए। त्यसअघि उनले बंग्लादेशको टीममा स्पिन बलिंग सल्लाहकारको रूपमा पनि आफ्नो सेवा दिएका थिए। सनराइजर्सले आफ्नो ट्वीटर ह्याण्डलमा ओरेञ्ज आर्मी ह्याशट्यागको साथ लेखेको छ, कीवि (न्यूजील्याण्डका खेलाड़ी) दिग्गज डेनियल भिटोरी टीममा मुख्य प्रशिक्षकको रूपमा सामेल भएका छन्।
पूर्व देब्रे हातका स्पिनर भिटोरीले अहिले द हण्ड्रेड टुर्नामेण्टमा बर्मिंघम फीनिक्स टीमलाई प्रशिक्षण दिइरहेका छन्। आईपीएलमा आफ्नो पहिलो कार्यकालको अवधि भिटोरीले आरसीबी-को टीमलाई २०१५-मा प्लेअफ् अनि २०१६-मा फाइनलसम्म पुऱ्याएका थिए। लारासँग अलग भएको पुष्टि गर्दै सनराइजर्सले भनेको छ, लारासँग हाम्रो दुई सालको अनुबन्ध समाप्त हुनको साथै हामीले उनलाई बिदा दियौं। सनराइजर्समा योगदानको निम्ति धन्यवाद। हामी उनलाई भविष्यको निम्ति शुभकामना दिन्छौं। उल्लेखनीय छ, प्रशिक्षकको रूपमा लाराको प्रदर्शन निराशाजनक रहेको थियो। यसैकारण टोलीले उनको स्थानमा भिटोरीलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने फसेला गऱ्यो।