७ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। आज भएको रोमाञ्चक म्याचमा सेण्ट जेभियर्स स्कूलले आफ्नो मैदानमा खेल्दै छुजाचेन स्पोर्टस एकाडमीलाई १-०-ले पराजित गऱ्यो। म्याचको अन्तिम क्षणमा छुजाचेन स्पोर्टस एकाडमीका खेलाड़ीले आत्मघाती गोल गर्दा सेण्ट जेभियर्स स्कूल विजयी भयो। विजेता टीमका गोलकीपर नविन सिवाललाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।