नयाँ दिल्ली: कांग्रेसनेता राहुल गान्धीको सजायलाई सुप्रीम कोर्टले निलम्बित गरिदिएपछि आज उनको लोकसभा सदस्यतालाई बहाल गरियो। तल्लो अदालतले मोदी सरनेम मानहानि मुद्दामा दुई वर्षको सजाय सुनाएपछि जनप्रतिनिधित्व कानून अन्तर्गत उनको लोकसभाको सदस्यता खारेज गरिएको थियो। सदस्यता खारेज भएपछि उनले सरकारी बंगलो समेत छोड़्नुपरेको थियो। सुप्रीम कोर्टले गत ४ अगस्तको दिन उनको दुई वर्षको सजायलाई निलम्बित गरिदिएको थियो। लोकसभा सचिवालयले आज सुप्रीम कोर्टको फसेलाको आधारमा उनको सदस्यता बहाल गर्ने घोषणा गऱ्यो। राहुल गान्धीले गत मार्च महिनामा आफ्नो सदस्यता गुमाउनु परेको थियो। -हिस