विपाशा बसुकी छोरी देवीको मुटुमा २ प्वाल…

00-1-Bipasa-Basu

मुम्बई: बिपाशा बसुले हालै आफ्नी छोरी देवीको मुटुमा दुईवटा प्वाल भएको खुलासा गरेकी छिन्। नेहा धुपियासँगको लाइभ च्याटमा बिपाशाले यो जानकारी दिएकी हुन्। उनले छोरी जन्मेको तीन महिनापछि मात्रै छोरीको ओपन हार्ट सर्जरी गर्नुपर्ने बताए। बिपाशा बसु र करण सिंह ग्रोवरकी छोरीको जन्म १२ नोभेम्बर २०२२ मा भएको हो। बिपाशा र करण सिंह ग्रोवरले छोरीको नाम घोषणा गर्न एक विशेष पोस्ट साझा गरे। बिपाशाले छोरी जन्मँदा आफूमा भेन्टिकुलर सेप्टल डिफेक्ट भएको थाहा नभएको बताइन्। देवीको जन्म हुँदा उनको मुटुमा दुईवटा प्वाल थिए।

आमा बन्ने यात्राबारे बिपाशाले भनिन्, ‘हाम्रो अभिभावक बन्ने यात्रा सामान्य अभिभावकको भन्दा धेरै फरक छ। धेरै कठिनाइ पछि आज मेरो अनुहारमा मुस्कान आएको छ। म चाहन्न कि अरु कुनै आमाले यस्तो परिस्थितिबाट गुज्रनु नपरोस्। कल्पना गर्नुहोस् कि तपाई भर्खरै आमा बन्नुभयो र तपाईलाई थाहा भयो कि तपाईको बच्चाको शल्यक्रिया गर्नुपर्नेछ, तपाईलाई कस्तो लाग्छl’ बिपाशाले थप भनिन्, ‘देवीको जन्म भएको तीन दिनपछि थाहा भयो उनको मुटुमा प्वाल छ। मैले यो कुरा कसैसँग बाँड्छु भनेर कहिल्यै सोचेको थिएन तर मैले सोचे कि म जस्तै अरू धेरै आमाहरू पनि त्यस्तै महसुस गर्छन्। यस अवधिमा धेरै मानिसहरूले मलाई मद्दत गरे र म चाहन्छु कि म पनि कसैलाई मद्दत गर्न सकूँl’

About Author

Advertisement