राज्यपालले दिए टेण्डोङ ल्हो रूम फातको हार्दिक बधाई एवं शुभकामना

governor._392

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले सिक्किमवासीहरू, विशेषगरि लेप्चा समुदायका मानिसहरूलाई टेण्डोङ ल्हो रूम फातको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘मान्यता अनुसार युगौं अघि सिक्किममा एउटा विनाशकारी जल प्रलय भएको थियो, जसले ४० दिन अनि ४० रातसम्म विनाश मचाएको थियो। यस कारण मानिसहरूमा त्रासको माहोल थियो। यस बिच पवित्र टेण्डोङ पहाड़ले मानिसहरूलाई शरण दिएर सबैको रक्षा गरेको थियो।’

टेण्डोङ पहाड़को यस चमत्कारलाई ध्यानमा राख्दै लेप्चा समुदायका मानिसहरूले टेण्डोङ पहाड़लाई अभिभावकको रूपमा मान्दै पूजा गर्न थालेको राज्यपालले आफ्नो सन्देशमा जनाएका छन्। उनले टेण्डोङ पहाडको उपासना सिक्किमवासीहरूको प्रकृतिप्रति उनीहरूको संरक्षण र प्रेमलाई दर्साउॅंछ भनी बताएका छन्। उनले हाम्रो जीवनदाता प्रकृतिको सम्मान गर्नु अभिनन्दनीय कार्य रहेको बताएका छन्।

राज्यपालले यस पावन अवसरमा सबैलाई आफ्नो विश्वास बलियो बनाउॅंदै धेरैभन्दा धेरै विरूवा लगाउने अनि हाम्रो संस्कृति र प्रकृतिलाई संरक्षित गर्न प्रण लिने आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement