२०२४ मा पवन चामलिङको नेतृत्वमा एसडीएफले फेरि पनि सरकार बनाउने छः ग्याल्छेन

ktg_962

गान्तोकः एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियानअन्तर्गत आज सातौँ दिन गेजिङ-बर्मेक समष्टिको सभा बर्मेक हाटघरमा आयोजना गरियो। सभाको अध्यक्षता पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधानसभा अध्यक्ष के.टी. ग्याल्छेनले गरे। आफ्नो अध्यक्षीय सम्बोधनमा ग्याल्छेनले भने, हामीलाई अन्याय भएको छ, अत्याचार भएको छ। यसको विरोधमा नयाँ क्रान्ति लिएर आएका छौँ। उनले अझ भने, जनमतले पुऱ्याएको सरकारले जनता नछुट्ट्याई काम गर्नुपर्छ। हामीले संविधानले दिएको दायित्व पालन गरिरहेका छौँ। रुलिङ र अपोजिसन दुवै संविधानले बाँधिएर बसेका छौँ। आर्टिकल १९ अनुसार हामी बोल्न पाउछौँ, सभा राख्न पाउछौँ।

उनले सरकारको गलत निर्णयको विरोध गर्नु जनता नडराउनु होस् भनी आह्वान गरे। उनले सिक्किममा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रमा पवन चामलिङको दुरदर्शी नेतृत्वमा सबैभन्दा राम्रो काम २५ वर्षमा भएको दाबी गर्दै २०२४ मा चामलिङको नेतृत्वमा एसडीएफ पार्टीले फेरि पनि सरकार बनाउने ठोकुवा गरे।

उनले आरोप लगाउॅंदै भने, वन नेशन वन राशन कार्ड, सीएए लागू हुँदा पनि एसकेएम सरकारले केही पहल गरेन। वित्तीय कानुन २०२३ ले ३७१ एफ डाइलुट गरेको छ। यो ठुलो गल्तीको जिम्मेवार एसकेएम सरकार हो। उनले नयाँ विचार र दृष्टिकोण लिएर एसडीएफ २.० भएर आएको बताउँदै एसडीएफ पार्टीको सिक्किम बचाउँने अभियानमा जनताले साथ दिनु होस् भनी आह्वान गरे। पार्टीका वरिष्ठ उपाध्यक्ष सोमनाथ पौड्याल, उपाध्यक्ष डा. एडी सुब्बा, प्रवक्ता जेबी दर्नाल आदिले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement