नाम्चीः नाम्चीमा आज स्वर्गीय पदम गुरूङले न्याय पाउनुपर्छ भन्ने माग गर्दै शान्ति ऱ्याली निकालियो। यसावधि ऱ्यालीमा सहभागी मानिसहरू र पुलिसकर्मीहरूबिच झड़पको स्थिति समेत उत्पन्न भएको थियो। घटना भएको यतिका दिन बितेर जॉंदा पनि कथित सन्तोषजनक कारबाही नभएपछि मानिसहरू निकै आक्रोशित देखिएका थिए।
ऱ्यालीमा सहभागी मानिसहरूले राज्य सरकार र पुलिस प्रशासन विरूद्ध नाराबाजी गरे। स्थिति अनियन्त्रित बन्ने सम्भावनालाई ध्यानमा राख्दै पुलिसले धारा १४४ लागू गऱ्यो। यसैगरी, ऱ्यालीमा सहभागी मानिसहरूलाई हटाउन पुलिसले टियर ग्यास समेत प्रयोग गर्नु परेको थियो।
यस बिच आज पदम गुरूङको न्यायको माग गर्दै नाम्चीमा एक शान्ति ऱ्याली आयोजना गरिएको थियो। ऱ्याली नाम्चीको किसान बजार परिसरदेखि अस्पताल डाँडा हुँदै भञ्ज्याङ रोड भएर क्रसरोड होटल परिसरमा पुग्यो। ऱ्यालीमा सहभागी मानिसहरूले स्व. गुरूङलाई न्याय दिनुपर्ने र आरोपित व्यक्तिविरूद्ध कारबाही गर्नुपर्ने माग गर्दै नाराबाही गरे।
यस क्रममा स्थिति उग्र बन्न थालेपछि पुलिसले धारा १४४ लागू गऱ्यो। तर, ऱ्यालीमा सहभागी मानिसहरू त्यहॉंबाट हलिएनन्। यस बिच कथित ढुङ्गा प्रहारको घटनाले स्थिति अझ उग्र बन्यो। पुलिसले मानिसहरूलाई भगाउन टियर ग्यास प्रयोग गरे। ऱ्यालीमा सहभागी मानिसहरूका साथै बजार आएका र स्थानीय दोकानदारहरू पनि टियर ग्यासको चपेटमा परे।
उल्लेखनीय छ, नाम्चीको कामराङ सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरूङको शव संदिग्ध स्थितिमा पाइएको थियो। स्व. गुरूङका परिवारले उनको हत्या भएको हो भन्ने दाबी गर्दै आइरहेको छ। यसैगरी, उनीहरूले पुलिस प्रशासनमाथि प्रमाणहरू दबाउने काम गरिरहेको आरोप पनि लगाउॅंदै आएका छन्।