हाम्रो पार्टीको निर्वाचित सदस्यको नेतृत्वमा सफाई र फूल रोपाई अभियान सम्पन्न

IMG-20230807-WA0315.jpg

मिरिक: हाम्रो पार्टी मिरिकको निर्वाचित ग्राम पञ्चायत सदस्य दिब्य तामाङको नेतृत्वमा गाउँको साफ सफाईसँगसँगै फूलको बिरूवाहरू लगाउने कार्य सम्पन्न भयो। मिरिक अन्तर्गत स्कूल डाँडा ग्राम पञ्चायत बुथ नम्बर एकको धोबी खोला, क्याप लाइन, गोदामधुरा आदि क्षेत्रहरूमा साफ सफाईसँगसँगै सयपत्री फूलको पन्ध्र सयभन्दा धेर विरूवाहरू लगाउने कार्य सम्पन्न भयो। हाम्रो पार्टीको निर्वाचित ग्राम पञ्चायत सदस्य दिब्य तामाङको नेतृत्वमा सम्पन्न भएको साफ सफाई अनि फूलको विरूवाहरू लगाउने अभियानमा स्थानीय गाउँलेहरूसँगसँगै हाम्रो पार्टीको कार्यकर्ता एंव समर्थकहरूले हिस्सा लिएका थिए। बर्खायामको पानीले बाटोको नालाहरू बुच्चिएका हुनाले बाटोबीच भएर पानी बग्दै आएकोले बाटो हिँड्ने मानिसहरूले धेरै असुविधाहरूको सामना गर्नु परिरहेको थियो।त्यसरी नै बाटोको छेउ किनारहरूमा जंगली झारहरू पलाएकोले मानिसहरूले हुनसम्मको समस्याहरू भोग्न परिरहेक् थिए।

यी सबै विषयहरूलाई ध्यानमा राख्दै हाम्रो पार्टीको निर्वाचित सदस्य दिब्य तामाङको नेतृत्वहरूमा साफ सफाईसंग संगै फूलको बिरूवाहरू लगाउने कार्यहरू गरिएको हो। निर्वाचित ग्राम पञ्चायत सदस्य दिब्य तामाङले मतदाताहरूले हाम्रो पार्टी एंव आफुमाथि जो आशा र भरोसा गरेका छन। त्यसलाई इमान्दारितापूर्वक पालन गर्ने वचन दिए। गाउँको विकाश कार्यको निम्ति सरकारद्वारा जारी गरिएको विकाश योजना निष्पक्षसंग प्रयोग गर्ने साथै बेरोजगारहरूलाई रोजगारको ब्यवस्था मिलाउँने दिशामा काम गर्ने गाउँबासी एंव उपस्थित भीडलाई बताए।

About Author

Advertisement