माउसेसद्वारा विद्यार्थीहरूलाई शिक्षण सामग्री वितरण

9d38df35-4e63-4810-8a0b-b6b9ca682cda

कालचिनीः मानव उत्थान सेवा समिति जयगाउँ मंगलाबारी स्थित श्री हंस पूण्य क्षेत्र आश्रमको पहल औ आश्रमका प्रभारी महात्मा निलाम्बरी बाईजीको तत्परतामा कालचिनी थाना अन्तर्गत पर्ने बाढ़ पीड़ित मेचपाड़ा पक्का लाईनका स्कूले विद्यार्थी लगायत राधारानी चियाबारीका प्राथमिक विद्यालय औ एसएसके विद्यार्थीहरू एवम् राईमाटाङ चियाबारीको विद्यार्थीहरूलाई शिक्षण सामग्री जस्तै खाता, कलम, पेन्सिल, रबर आदि सामग्रीहरू वितरण गरिएको जानकारी माउसेस सुत्रले दिएका छन्।
जम्मा ३२२ जना स्कूले विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको बताउँदै मानव धर्म प्रणेता तथा माउसेसका संस्थापक सतपालजी महाराजको निर्देशमा बर्षेनी शिक्षा अभियान मार्फत माउसेसले गर्दै आईरहेको बताईएको छ।
सोमबार उक्त शिक्षण सामग्री वितरण कार्यक्रममा माउसेसका उपप्रान्तपाल बाबुल मिजार, जिल्ला सचिव सञ्चु बसेल, जिल्ला प्रधान बिन्दु ठकुरी, जिल्ला प्रमुख बिक्की महली, तहसील सचिवा सुमन लामा, रोमा विश्वकर्मा युवा प्रकोष्ठका सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement