खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी रूद्री पाठ भईरहेको छ। क्रिकेट बजारको ग्राम कल्याण समितिको आयोजनामा विगत १७ जुलाईदेखि महिनाव्यापी रूपमा आगामी १७ अगस्तसम्म चल्ने भएको छ। उक्त रूद्री पाठ पण्डित डिल्लीप्रसाद शर्मा (जलपादेवी बाजे) र उनको सहयोगी राहुल ब्राह्मणको अगुवाईमा भईरहेको छ। यस रामेश्वर शिवालय मन्दिरमा सन् २००३ देखि लगातार रूपमा सावन महिनामा एक महिनाव्यापी रुद्री पाठ हुने गर्दछ। यसपालीको महिनाव्यापी रुद्री पाठ आगामी १७ अगस्तको दिन पूर्णवतीसितै समाप्त हुने भएको छ। यसको साथै आगामी सोमबारको दिन यस मन्दिरमा ११०८ वटा बत्ती बालेर विश्व शान्ति र सबैको भलाईको लागि प्रार्थना गरिने जानकारी बिनयकुमार छेत्रीले दिएका छन्। उनले उक्त अवसरमा भक्तजनले सहभागिता जनाउन सक्ने भएको छ। उक्त दिन साँझ ५ बजेदेखि तीनधारेका कलाकारहरूले गायक कर्म मेक्तानको अगुवाईमा भजन कीर्तन पनि अयोजना गरिने भएको छ।