मुख्यमन्त्रीले गरे अवकाशप्राप्त अधिकारीहरू साथै राजनीतिज्ञहरूसँग भेट

IMG-20230808-WA0002.jpg

गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज वरिष्ठ नागरिक एवम् अवकाशप्राप्त विभागका प्रमुख, सचिव साथै वरिष्ठ राजनैतिज्ञ एलपी तिवारी लगायत तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेलसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले उनीहरुको हालखबरबारे जानकारी लिए भने समाजसँग सम्बन्धित विभिन्न विषयमा पनि छलफल गरे। उनीहरूको संगतमा रहनु र सिक्किम राज्य र जनताको हितमा हाम्रा परिचित अनुभवहरू, योजनाहरू र परियोजनाहरू साझा गर्न पाउँदा खुशी प्रकट गरेका छन्।

वरिष्ठ नागरिक र सेवानिवृत्त अधिकारीहरूप्रति उनीहरूको उपस्थितिका लागि उनले हृदयदेखि कृतज्ञता व्यक्त गर्दै र उनीहरूको वर्षौं सेवा र समुदायलाई दिएको अमूल्य योगदानको सराहना गरे। यसका साथै उनीहरूको ज्ञान र अनुभवलाई मानवताको अत्यावश्यक स्तम्भको रूपमा प्रकाश पार्दै उनीहरूको अटल समर्पण र योगदानको कदर गरे। समाज निर्माणमा उनीहरुको भूमिका अहम रहनेको गरेको मुख्यमन्त्रीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement