ट्रेनको चपेटमा पर्दा महिलाको मृत्यु

IMG-20230807-WA0272.jpg

सिलगढ़ीः ट्रेनको चपेटमा पर्दा एक अज्ञात महिलाको मृत्यु भएको छ। सोमवार बागडोगराको सिङ्गीझोरा क्षेत्रमा यो घटना घटेको हो। जानकारी अनुसार, महिलाको मृत्यु कटिहार एनजेपी जाने इन्टरसिटी ट्रेनको चपेटमा पर्दा भएको हो। घटनापछि स्थानीय मानिसहरूले शवलाई रेलको लीकमा महिलाको क्षत-विक्षत शव देखे औं यसको सूचना आरपीएफलाई दिए। सूचना पाएर रेलवे पुलिस घटनास्थलमा पुग्यो र शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। खबर लेखिञ्जेलसम्म महिलाको पहिचान हुनसकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement