कंग्रेस सांसदले भने- राहुल गान्धीको नेतृत्वमा लोकसभा चुनाउ लड़्नेछ विपक्ष

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राहुल गान्धीको संसद सदस्यता बहाल हुनसाथ कंग्रेसका राज्यसभा सांसद प्रदीप भट्टचार्यले दाबी गरेका छन्, विपक्षी गठबन्धनले राहुल गान्धीको नेतृत्वमै चुनाउ लड़्नेछ। यसपालि उनको नेतृत्वमा अर्को नयाँ राजनीतिक अध्याय शुरू हुनेछ। विपक्षी दलहरूको गठबन्धन ‘इण्डिया’- मा नेता को हुने हो यसबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, हाल यसबारे केही सोचिएको छैन। भाजपालाई सत्ताच्युत पार्नु नै मुख्य उद्देश्य हो। अर्कोतिर भाजपाले पनि विपक्षको यस स्थितिलाई ‘नीतिगत पङ्गुता’ बताउँदै लगातार लक्षित गरिरहेको छ। यसै महिनाको अन्तमा विपक्षी गठबन्धनको तेस्रो मेगा बैठक मुम्बईमा हुनेछ।

कंग्रेसका राज्यसभा सांसदले दाबी गरे, राहुलले भाजपाका जनविरोधी गतिविधिहरूलाई बहादुरी पूर्वक जनता समक्ष राखेका छन्, यसैले उनको विरोधमा मानहानिको मुद्दा दर्ता गरी उनलाई सताउने काम गरिँदैछ। तर सुप्रीम कोर्टले राहुलको पक्षमा फसेला सुनायो। यसपालि उनको नेतृत्वमा अर्को नयाँ राजनीतिक अध्याय शुरू हुनेछ। विपक्षले उनलाई अघि लगाएर आगामी वर्ष २०२४- को लोकसभा चुनाउ लड़्नेछ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रहार गर्दै भने- “म सदैव सुन्नेगर्छु कि कंग्रेसले ७० वर्षमा केही गरेन, त्यसो हो भने के मोदी गुजरातबाट बैलगाड़ीमा बसेर दिल्ली आएका थिए? कंग्रेस सत्तामा आउँदा देशको अवस्था राम्रो थिएन। कंग्रेसले नै यसलाई राम्रो बनाएको थियो। देशका मानिसहरूले भारत निर्माण गरे।” पश्चिम बंगालमा सय दिने रोजगार ग्यारण्टी योजनाको पैसा बाँकी रहेको सन्दर्भमा सांसदले भने- “राज्यले उसको जायज पैसा पाउनुपर्छ। त्यो पैसा कहाँ र कसरी खर्च भइरहेको छ त्यसको पनि प्रक्रिया अनुसार खुलासा हुनुपर्छ।”

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement