कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईकको मुख्य उपस्थिति एवम् गारोपाड़ा अञ्चलका तृणमूल अनि टीसीबीएसयू नेताहरूको सहभागितामा सोमबार कालचिनी खण्डको राजाभात र भातखावा चियाबारीमा गेटसभा सम्पन्न भयो। उक्त गेटसभामा कमानको सम्पूर्ण श्रमिकहरू काममा जान अघि प्रायः १ घन्टा बसेका थिए। गेटसभामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईकले राज्यको तृणमूल सरकारले चियाबारी श्रमिकहरूको हितमा धेरै काम गरेको र हाँजीरा वृद्धि गत जुन महीनामा मैँ भएता पनि मालिकपक्षले अदालतमा यसलाई स्थगित आवेदन दिएकोले केही विलम्ब भएको तर हाइकोर्टले अन्ततः श्रमिकहरूको पक्षमा हाँजीरा वृद्धि गर्ने निर्णय दिएकोले अब चिया श्रमिकको दैनिक रोज २३२ बाट २५० भएको र यसको साथै राज्य सरकारले करम पूजाको राज्यव्यापी विदा घोषणा गरेको बताए। तिनले भाजपा र भाजपाका सांसद विधायकहरूले केही काम नगरेको र केवल जुम्लाबाजी मात्र गर्दै आइरहेकोले समयमा चिया श्रमिकहरूले भाजपाको चरित्र बुझ्ने आह्वान पनि गरे।