७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा युनाइटेड दिलाराम एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार भएको दिनको दोस्रो म्याचमा युनाइटेड दिलाराम एफसी-ले संकटा फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रज्ज्वल राईले २ अनि तेञ्जिंग शेर्पाले १ गोल गरे। यसरी संकटा एफसी-बाट प्रशान्त तामाङले १ गोल गरे।

यस म्याचमा सुब्रतो धर मुख्य रेफरी रहेका थिए। यसरी सहायक रेफरीको भूमिकामा अशोक कुमार रोय र प्रणय साहा रहेका थिए। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।