७ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा हर्सिंग फूटबल क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार भएको दिनको पहिलो म्याचमा हर्सिंग फूटबल क्लबले मेवरिक स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज तामाङ र केवल थापाले गोल गरे। यस म्याचमा प्रणय साहा मुख्य रेफरी रहेका थिए।

यसरी सहायक रेफरीको भूमिकामा अशोक कुमार रोय र सुप्रदो धर रहेका थिए। यस साल टुर्नामेण्टमा १४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।