मालदा: राष्ट्रिय आदिवासी एकता परिषदले सोमबार ७ अगस्तमा भारत बन्दको आह्वान गरेको छ। राष्ट्रिय आदिवासी एकता परिषद्ले आदिवासीमाथि अन्याय अत्याचार र संसदबाट बनाइएको कानुनको विरोधमा आज भारत बन्दको आह्वान गरेको छ। हाम्रा विभिन्न मागलाई लिएर आज भारत बन्दको आह्वान गरिएको छ। राष्ट्रिय आदिवासी एकता परिषद्को आह्वानमा जिल्लाका विभिन्न वर्डमा बन्द जारी छ। त्यसैलाई मध्यनजर गर्दै आज बिहानैदेखि राष्ट्रिय आदिवासी एकता परिषद्ले हबीबपुर ब्लकको आइएचओ स्ट्यान्डमा भारत बन्दलाई सफल बनाउन सडकमा उत्रिएको छ।