बिक्रमादि राईले पदबाट दिए राजीनामा

IMG-20230807-WA0205.jpg

दार्जिलिङ: हाम्रो पार्टीका शीर्ष नेता बिक्रम आदि राईले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले गत पञ्चायत चुनाउमा पार्टीको धेरैवटा ग्राम पञ्चायत र पञ्चायत समितिका सिटहरुमा पराजय भएपछि यसको आंशिक जिम्मेवारी लिइँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। बिक्रमादि राई हाम्रो पार्टीमा केन्द्रीय कार्यकारी सचिवको रूपमा रहेका थिए। यसको साथै पार्टीले कुनै पनि दिन जातीय उन्मुक्ति अनि मातृ भूमिको उन्मुक्तिको लागि आन्दोलन गर्छ भने पार्टीको एकजना साधारण सदस्य भएरै त्यसमा सर्वस्व त्याग गर्नेछु भनी पार्टीलाई वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement