७ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा जुकेनी फूटबल क्लबले ब्रदर्स बाई हार्ट, सुरुकलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रेम लेप्चाले २ अनि रमेश सुब्बाले १ गोल गरे। यसरी सुरुकको टीमबाट एरोन लेप्चाले दुवै गोल गरे। यसरी दोस्रो म्याचमा अमर ज्योति क्लबले माकुमी बी टीमलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुजन भुजेलले २ अनि सरोज छेत्रीले १ गोल गरे। माकुमी बी टीम-ले आत्मघाती गोलको सहायताले सम्मान बचायो। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।