अण्डर-१७ फूटबलः बण्टी इलेभेन (मंगपू) फाइनलमा

photocollage_202387133631850.jpg

७ अगस्तः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो सेमिफाइनल म्याच खेलियो। रोमाञ्चक म्याचमा बण्टी इलेभेन, मंगपूले युनाइटेड सिक्किम फूटबल एकाडमीलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा युनाइटेड सिक्किम एफए-बाट गौरव तामाङले ह्याट्रिक गरे। यसरी बण्टी इलेभेनबाट अभिजीत लामा, फुर्बा तामाङ र साहिल छेत्रीले गोल गरे। युनाइटेड सिक्किम एफए-का खेलाड़ी गौरव तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब १५ अगस्तमा खेलिने टुर्नामेण्टको फाइनलमा बण्टी इलेभेन र क्याप्टन न्यौपाने फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement