७ अगस्तः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको म्याचमा गोर्खा सेभेनले ड्रीम सेभेनलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिकेत तामाङ र त्रिदर्शनले गोल गरे। यसरी ड्रीम सेभेनबाट प्रतीक राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।