७ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा २७१६ स्पोर्टिंगले ग्रीनहिल युनाइटेड, सोनादालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आधार राई अनि अक्षत थापाले १-१ गरे। यसरी सोनादाको टीमबाट साहिल राईले एक गोल गरे। यसरी दोस्रो म्याचमा केजीकेएस (किरण गाउँ खेलकुद संघ)-ले सोनादा भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मनोज तामाङले गोल गरे। दिनको तेस्रो तथा अन्तिम म्याचमा राइजिंग स्टार, मञ्जुले सन्देश स्पोर्टिंगलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सञ्जोक राई, संगम राई र रक्षक राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।