सेमिफाइनलमा पुग्न सफल कुवापानी एफसी

IMG-20230807-WA0167.jpg

७ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा कुवापानी एफसी-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा आइतवार भएको क्वार्टर फाइनल म्याचमा कुवापानी फूटबल क्लबले डामडिम फ्रेण्ड्स यूनियनलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अजय तामाङले गरे। म्याचमा उमेश शर्मा रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा राजेश थापा र अलोप राई थिए। विमल प्रधान फोर्थ अफिसियल थिए।

टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, सोमवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा दालिम किरात एफसी र सेण्ट ब्रदर्स रांगामाटीबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement