मिरिक फारानाइस एफसी र युनाइटेड घुम्ती खरसाङ प्री क्वार्टर फाइनलमा

photocollage_20238713251438.jpg

७ अगस्तः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको पहिलो म्याचमा मिरिक फारानाइस एफसी-ले यूएफसी भेटरन्सलाई ३-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा युनाइटेड घुम्ती खरसाङले जी युनाइटेड च्याँगालाई पेनल्टी शूआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। फाइनल १० सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement