मारिया सक्कारीलाई पराजित गरी कोको गफ च्याम्पियन

IMG-20230807-WA0151.jpg

७ अगस्तः अमेरिकाकी १९ वर्षीय खेलाड़ी कोको गफले मारिया सक्कारीलाई सीधा सेटमा पराजित गरी वाशिंगटनमा भएको डीसी ओपन टेनिस टुर्नामेण्टको खिताब जितिन्। डब्ल्यूटीए टूर करियरमा यो उनको चौथो खिताब हो। यसको साथमा उनी यस हार्ड कोर्ट टुर्नामेण्टको महिला एकल वर्गमा सबैभन्दा युवा विजेता बनिन्। असल फर्ममा रहने गफले ग्रीसकी खेलाड़ी सक्कारीलाई फाइनलमा ६-२, ६-३-ले पराजित गरिन्। फ्रेञ्च ओपन २०२२-की उपविजेता गफले यस टुर्नामेण्टमा एक सेट पनि गुमाइनन्।

यसरी नै ३३ वर्षीय डेन इभान्स पुरुष एकल वर्गमा १९८८ पछि सबैभन्दा अधिक उमेरका च्याम्पियन बने। उनले आँधी तूफानले गर्दा दुई घण्टा विलम्ब गरी खेलिएको फाइनलमा टालोन ग्रीकस्पूरलाई ७-५, ६-३-ले पराजित गरे। जिम्मी कोनर्सले १९८८-मा ३५ वर्षको उमेरमा यहाँ खिताब जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement