७ अगस्तः शीर्ष क्रमका ब्याटरहरूका निराशाजनक प्रदर्शनले गर्दा भारतले वेष्ट इण्डिज विरुद्ध दोस्रो टी२० म्याचमा २ विकेटले हारको सामना गर्नु पऱ्यो। यसरी लगातार दोस्रो जीतको साथ आयोजक वेष्ट इण्डिजले पाँचवटा टी२० म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। गुयानाको प्रोभिडेन्स स्टेडियममा आइतवार राति टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो। भारतको तर्फबाट आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका तिलक वर्माले फेरि एकपल्ट प्रभावशाली प्रदर्शन गर्दै सर्वाधिक ५१ रन बनाए। उनले ४१ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक ओपनर ईशान किशनले २७ र कप्तान हार्दिक पाण्ड्याले २४ रनको योगदान दिए। शीर्ष क्रममा शुभमन गिल (७), सूर्यकुमार यादव (१) र सञ्जु सेमसन (७) फेरि फ्लप साबित भए। अक्षर पटेलले १४ रनको योगदान दिए। वेष्ट इण्डिजका बलरहरूमा अकील होसेन, अल्जारी जोसेफ र रोमारियो शेफर्डले २-२ विकेट लिए।

जवाफमा वेष्ट इण्डिजले खराब शुरुवातपछि १८.५ ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएर म्याच जित्यो। कप्तान निकोलस पूरनले ६ वटा चौका र ४ वटा चौकाको साथ ४० बल खेलेर सर्वाधिक ६७ रन बनाए। यसबाहेक शिमरोन हेटमायरले २२, कप्तान रोवम्यान पावेलले २१ र अकील होसेनले अविजित १६ रन बनाए। भारतीय बलरहरूमा सक्दो प्रयास गरे पनि टीमलाई हारदेखि बचाउन सकेनन्। भारतीय बलरहरूमा हार्दिकले सर्वाधिक ३ विकेट हासिल गरे। यसबाहेक युजवेन्द्र चहलले २ विकेट लिए।