सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर ४१ मा सोमबार बिहान आगलागी भएको छ। सबैभन्दा पहिले नायलन धागो बनाउने कारखानामा आगलागी भएको थियो। आगो यति भीषण थियो कि आगोको कालो धुवाँ टाढाबाट देखिन्थ्यो। यसबाहेक छेउमा रहेको प्लाष्टिकको चिया बनाउने कारखानामा आगलागी भएको छ। आगजनीबाट प्लाष्टिकसहित सम्पूर्ण सामान जलेर खरानी भएको छ। खबर पाएलगत्तै चारवटा दमकल घटनास्थलमा पुगेका थिए। करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको थियो। घटनामा लाखौंको क्षति भएको अनुमान गरिएको छ। यस विषयमा अनुसन्धान भईरहेको छ।