सिङताम ट्रक चालक संगठनको अध्यक्षमा एचबी सुब्बा पुनः मनोनित

IMG-20230807-WA0001.jpg

सिङ्ताम: सिक्किम ट्रक चालक संगठन सिङ्ताम शाखाको सम्पूर्ण सदस्यहरुको सर्वसम्मतिद्वारा एचबी सुब्बालाई अध्यक्षको पदमा पुन: मनोनित गरेको छ। यसरी नै मोहन राईलाई उपाध्यक्ष अनि महासचिवको पदमा कुमार बस्नेतलाई मनोनित गरिएको छ। कम्युनिटी हल सिङ्ताममा केन्द्रिय अध्यक्ष डीबी छेत्रीको मुख्य आतिथ्यमा अनि सुकराम राई विशिष्ट अतिथि रहेको संगठनको वार्षिक सभामा सिङ्ताम शाखाका सदस्यहरुले निर्णय गर्दै उनीहरुलाई सो पदहरुमा पुन: मनोनित गरेका हुन्। संगठनका प्रमुख सल्लाहकार दिलीप राईद्वारा सञ्चालित यस वार्षिक सभामा महासचिव कुमार बस्नेतले संगठनको हालसम्मको आय-ब्ययको सम्पूर्ण विवरण दिँदै संगठनको ब्यांक खातामा मोठ ६,३४,७९२ रहेको जानकारी दिए। सभामा सदस्यहरुले गोलीटार र सिङ्ताम गोसखान डाँड़ामा ट्रक चालकहरुको कठोर परीश्रममा बनाइएको पार्किङमा ट्रकहरुलाई पार्क गर्नु समस्या भएको तथा पार्किङ पैसा तिर्नु परिरहेको बताउँदै दुख व्यक्त गरे। सिङ्ताम बजारमा बुधबार ट्रक एन्ट्रीको छुट पाउनु पर्ने, ओभरलोडको नियम अझ सक्रीय बनाउनु पर्ने अनि सरमसा गार्डनको चालक सारथी दिवसमा ट्याक्सी चालकहरुले जुन लाभ पायो त्यसमा ट्रक चालकहरु किन छुट्यो, यस विषयमा कार्यकारिणीवर्गले सरकारसित तालमेल राखेर काम गर्नु पर्ने आवश्यकता रहेको चर्चा गरियो। केन्द्रिय अध्यक्ष डीबी छेत्री अनि महासचिव सुकराम राईले सकारण र समाधानार्थ वक्तव्य राखे। मनोनित अध्यक्ष, उपाध्यक्ष एंव महासचिवले पनि सम्बोधन गरेको यस सभामा नयाँ कार्यकारिणीवर्गलाई शुभ कामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement