रूम्बुकमा शुरू भयो स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता

IMG-20230807-WA0000.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रुम्बुक माध्यमिक विद्यालयको खेलमैदानमा समष्टि स्तरीय ७७औं स्वाधीनता दिवस कार्यक्रम आजदेखि विधिवत रूपमा आरम्भ भएको छ। उद्घाटन कार्यक्रममा अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा आजको प्रमुख अतिथि रुपमा उपस्थिति थिए भने उनीसँग एसटीसीएस विभागका एनटी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। खेलकूद प्रतिभालाई प्रोत्साहन गर्न पुरुषवर्गको निम्ति खुल्ला फुटबल प्रतियोगिता, हाजिरी जवाफ, तर्क प्रतियोगिता र साँस्कृतिक कार्यक्रम प्रमुख आकर्षण रहेको थियो। उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित अध्यक्ष प्रेमकुमार सुब्बा साथै अतिथिहरूलाई आयोजक समितिले स्मृति चिन्ह प्रदान गरि सम्मान जनायो।

पुरुषवर्गका खुल्ला फुटबल प्रतियोगितामा मोठ १६ वटा दलले अंशग्रहण गरे छ। खुल्ला फुटबल विजेता दललाई र उपविजेता दललाई क्रमशः २ लाख र १ लाख ५० हजार रुपियाँसहित आकर्षक ट्रफी राखिएका छन्। आजको पहिलो खेलमा सिक्तम एफसीले थर्फु एफसीललई एक गोलको विरुद्ध पाँच गोलले पराजित गरी अर्को चरणमा पुग्न सफल बनेको छ भने दोस्रो खेलमा रुम्बुक स्कूलले थर्फु स्कूललाई शून्यको विरुद्ध चार गोलेले पराजित गरि अघिल्लो चरणमा प्रवेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement