घरेलु क्रिकेटको निम्ति काउण्टी क्रिकेटको प्रस्तावलाई नकारे अजिंक्य रहाणेले

IMG-20230806-WA0159.jpg

६ अगस्तः अनुभवी भारतीय क्रिकेट अजिंक्य रहाणेले हालै एउटा साहसिक निर्णय लिएर क्रिकेट जगतलाई नै चकित बनाएका थिए। उनले ईंग्ल्याण्डमा लिस्टरशायरको निम्ति खेल्ने आफ्नो काउण्टी कार्यकालबाट नाम फिर्ता लिएका थिए। रहाणेले बताएअनुसार, उनी आफ्नो फिटनेसमाथि ध्यान केन्द्रित गरेर घरेलु प्रतियोगिताहरूमा खेल्नेछन्। यसैकारण उनले लीस्टरशायरको तर्फबाट खेल्नुको सट्टा मुम्बईको तर्फबाट घरेलु क्रिकेट खेल्नुलाई प्राथमिकता दिएका छन्। रहाणेले भने, गत ४ महिना मेरो निम्ति सन्तोषजनक रह्यो। हामीले उच्च तीब्रता भएको क्रिकेट खेल्यौं। अब हाम्रो निम्ति आउँदो घरेलु सीजनको निम्ति आफ्नो शरीरलाई स्वस्थ्य अनि तरोताजा राख्ने समय आएको छ। हरेक सम्भव मञ्चमा मुम्बईको प्रतिनिधित्व गर्नु मेरो निम्ति सदा सम्मानको कुरा रहेको छ अनि आउँदो २ महिनामा म आफ्नो फिटनेसमाथि लगनको साथ काम गर्नेछु। अक्टोबरमा शुरु हुने आउँदो घरेलु सीजनको निम्ति म शत प्रतिशत फिट रहन चाहन्छु। मैले भारतीय घरेलु सीजनको तयारीको निम्ति नै लिस्टरशायरसँग नियोजित काउण्टी कार्यकालबाट बाहिर निस्किने विकल्प चुनेको छु। लिस्टरशायरसँग सम्बन्धबारे रहाणेले भने, ईंग्लिश क्लब मसँग नियमित रूपले सम्पर्कमा छ अनि बद्लिँदो परिस्थितिसँग उनीहरू असल तरिकाले अवगत छन्। भविष्यमा म फेरि लिस्टरशायरको निम्ति खेल्न चाहनेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement