लाखौंको संख्यामा अवैध रूपमा रूखहरू काटेको विपक्षीको आरोप

IMG_20220704_225422.jpg

गान्तोक: राज्य सरकारमाथि लाखौंको संख्यामा अवैध रूपमा रूखहरू काटेको विपक्षी एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालले गम्भीर आरोप लगाएका छन्। तिनले एसडीएफ सरकारमा सिक्किम कार्बनमुक्त राज्य बन्ने अन्तिम खुड्किलोमा पुगिसकेको थियो भनी दाबी पनि गरेका छन्। राजधानीको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा प्रवक्ता दर्नालले उक्त कुरा भने।
वर्तमान सरकारले लाखौंको संख्यामा अवैध रूपमा रूखहरू काटेर पर्यावरणलाई ठूलो क्षति पुऱ्याउने काम गरिरहेको उनले आरोप लगाए। एकातिर, राज्य सरकारले व्यापक संख्यामा रूखहरू मास्ने काम गरिरहेको छ भने अर्कोतिर, राज्यमा जङ्गल बढ़ेको दाबी गरिरहेको छ भन्दै उनले यसलाई पाखण्डको संज्ञा दिए।
पुरानो एसटीएनएम अस्पताल परिसरमा बरको रूख काटिएको विषयमाथि बोल्दै प्रवक्ता दर्नालले वन विभागको नियम अनुसार जून, जुलाई र अगस्त महिनासम्म रूख काट्ने काम गर्न पाइॅंदैन भनी जानकारी गराए। तर, ३० जून राति कुन आधारमा बरको रूख काटियो? के सरकारले राति रूख काट्न पाउने कानूनमा संसोधन गरेको छ? भनी उनले प्रश्न गरे।
उनले यदि राति रूख काट्ने नियम बनाएको छैन भने सरकारले यस विषयमा आफ्नो स्पष्टीकरण दिनुपर्छ भनी माग गरे। उनले बरको रूख काटिएको विषयमा यदि सरकार संलग्न छैन भने दोषीहरू विरूद्ध किन कारबाही गरिॅंदैन भने। उनले वर्तमान सरकारद्वारा पालन गरिने धरती माताको निम्ति सात मिनट कार्यक्रम पनि पहिला रूख काट्न बन्द गरेर मात्र सो कार्यक्रम पालन गर्न सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement