राजगञ्ज: सय दिनको बकाया रुपियाँको माग गर्दै तृणमूल कङ्ग्रेसले आज राजगञ्ज बजारमा साङ्केतिक धरना विरोध प्रदर्शन गर्यो। यो विरोध प्रदर्शन आज दिउँसो १२ बजीदेखि शुरू भएर साँझ ४ बजीसम्म चल्यो। यस साङ्केतिक धरना प्रदर्शनमा सयौँ कार्यकर्ताहरू सामेल थिए। यस सम्बन्धमा राजगञ्ज तृणमूल कङ्ग्रेसका ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, केन्द्र सरकार पश्चिम बङ्गाल राज्यलाई वञ्चित गरिरहेको छ। लगभग दुईवर्षदेखि केन्द्र सरकारले गरिबहरूको हकको सय दिनको कामको रुपियाँ रोकेर राखेको छ। यसबाहेक केन्द्र सरकारले आवास योजनाको रुपियाँ पनि रोकेर राखेको छ। यसैले गर्दा नै आज आफूहरूद्वारा धरना प्रदर्शन गरेको हो।