नालीडाँडा देखि सुन्तले धुरा सम्म अलकत्रे सडक बनिने

IMG-20230806-WA0174.jpg

लाब्दा: लाब्दा विभाग सुन्तले धुरा गाउँबासीको दीर्घकालीन माङ्ग आज आएर पूरा भएको छ। पण्डित भाष्कर शर्माले भुमि पुजन गरेपछि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाले नरिवल फुटाएर सडकको शिलान्यास गरे। आरआईडीएफ फन्डबाट नालीडाँडा देखि सुन्तले धुरा सम्मको चार किलोमिटर सडक नवनिर्माण कार्य स्थानीय ठेकादार शंकर छेत्री अनि कमल पान्डेले आज देखि नै शुरु गरेको छ।यस ४ किलोमिटर सडक ४ करोड लागतमा नवनिर्माण हुन गईरहेको कुरा सभासद रतन थापाले जनाए।
मङपू लाब्दाबस्ती देखि सिटोङ मामरिङ सम्मको सडक अहिलेसम्म के कारण बनिन् सकिरहेको छैन भनि पत्रकारहरुले सभासदलाई प्रश्न गर्दा उनलेे वाईल्ड लाईफ क्षेत्र परेको कारण यस सडकको काम स्थगित भएको र यस बिषयमा जीटीएले उच्च स्तरमा सम्बन्धित विभाग संघ कार्य गरिरहेको र यस रोडको काम चाडैं शुरु हुने कुरा जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement