इण्डिपेण्डेन्स शील्डः नर्थ बेंगल आर्म्ड पुलिस क्वार्टर फाइनलमा

IMG-20230806-WA0403.jpg

६ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा आइतवार स्थानीय मेला ग्राउण्डमा एउटा म्याच खेलियो। आजको म्याचमा नर्थ बेंगल आर्म्ड पुलिसले विदेशी मूलका खेलाड़ीहरूले भरिएको एमएमएफसी निरपानीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रुनान प्रधानले १३औं र ६०औं मिनटमा २ गोल गरे। यसबाहेक भिक्टर छेत्रीले ८५औं मिनटमा १ गोल गरे। यसरी एमएमएफसी निरपानीबाट एमानुएलले ४२औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ।

फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सोमवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र युनाइटेड गोर्खा एफसी-बीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement