दिपक ठटाल जलनको बाल कविता संग्रह ‘सुनाखरी’ लोकार्पित

IMG-20230806-WA0379.jpg

खरसाङ: खरसाङका गजलकार एंव साहित्यकार दिपक ठटाल जलनको बाल कविता संग्रह ‘सुनाखरी’ आज लोकार्पण गरिएको छ। खरसाङको लोकल च्यानल हाम्रो टेलिभिजन खरसाङको सातौं स्थापना दिवस समारोहमा नै दिपक ठटाल जलनको उक्त कृति लोकार्पण गरिएको छ। उक्त कृतिको लोकार्पण समारोहको अध्यक्ष पण्डित तुलसी अधिकारी, प्रमुख अतिथि विष्णु ठकुरी, निमा लामा, एसबी सुनवार, कृतिकार दिपक ठटाल र उनकी पत्नी एंव कृतिको प्रकाशिका रितामणि थापा ठटाल आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त कृति विषयमा कवि शम्भु राई र कृतिकार दिपक ठटाल जलन दुवैले छोटोमा जानकारी गराएका थिए। अाज लोकार्पण भएको बाल कविता संग्रह ‘सुनाखरी’ दिपक ठटाल जलनको चौथौ कृति हुन्। योभन्दा पूर्व उनको कृतिहरूमा गजल संग्रह -‘गजल कानन्’ (२०१०), गीत अनि गजल संग्रह ‘घुन लागेका धुनहरू’ (२०१८), र पाठ्य पुस्तक ‘नेपाली साहित्य मञ्जरी’ पनि प्रकाशित छन्। उनले थुप्रै पत्र पत्रिकाहरू पनि सम्पादन गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *