बैराकपुर: भारत सरकारले जुट उद्योग र यससँग सम्बन्धित किसानको विकासका लागि निरन्तर प्रयास गरिरहेको छ। ‘प्लाष्टिक प्रतिबन्धपछि सर्वसाधारणको हातमा जुटका झोला पुग्ने भएकाले प्लाष्टिकको विकल्प जुट नै हो। त्यसैले जुट उद्योग र किसानको भविष्य उज्ज्वल छ भन्न सक्छु,’ यस्तो दाबी केन्द्रीय किसान मन्त्रालयका कृषि राज्यमन्त्री कैलाश चौधरीले गरेका छन्। सेन्ट्रल रिसर्च इन्स्टिच्युट फर जुट एण्ड एलाइड फाइबरको कार्यालयमा आयोजित प्रदर्शनीको उद्घाटन गर्न सोमबार उनी ब्याराकपुर पुगेका हुन्। यस क्रममा उनले जुट तथा अन्य रेशायुक्त जातिय बाली उत्पादन गर्ने बङ्गालका किसानहरुसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरुको समस्या र आवश्यकता सुनेका थिए। उनले केन्द्र सरकारले पनि धेरै योजना ल्याएर किसानलाई प्रत्यक्ष सहयोग गरिरहेको बताएl