मन्त्री लोकनाथ शर्मा पाकिममा जारी स्वतन्त्रता दिवस समारोहमा सहभागी

IMG-20230807-WA0002.jpg

पाकिमः यहाँको सन्त जेभियर स्कूल मैदानमा आयोजना भइरहेको ७७औं स्वतन्त्रता दिवस नक् आउट फुटबल टुर्नामेन्टअन्तर्गत आज खेलिएको सातौं दिनको म्याचमा राज्यका कृषि मन्त्री लोकनाथ नेपाल मुख्य अतिथि रहेका थिए। एउटा सरकारी कार्यक्रममा सहभागी बन्न आएका मन्त्री कार्यक्रमको समापनपछि खेल हेर्न आएका थिए।

स्वर्गीय हरी माया शर्माको स्मृतिमा आयोजन भइरहेको प्रतियोगीताको आज छैटौँ दिन सिक्किम सरकारको कृषि, बागवानी तथा पशुपालन विभागका मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि थिए। विशिष्ट अतिथिहरूमा टीकामाया दुलाल, जिल्ला अध्यक्ष लाडेन ल्हामु भोटिया, बागवानी विभागका ओएसडी पीके सुब्बा, एसकेएम पार्टीका सीइसी उपाध्यक्ष डम्बर प्रधान आदि उपस्थित थिए।

यस अवसरमा विभिन्न रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुति गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement