खरसाङ: विपन्न परिवारका युवतीहरूलाई नर्स तालिम गराउन तीनधारेमा क्याम्प सम्पन्नरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा आफ्नै भवन तीनधारेमा सन्त फर्ननाडो नर्सिङ कलेज सिलगढीको तत्वावधानमा नर्सिङ तालिम विषय लिएर एउटा क्याम्पको आयोजना गरिएको थियो। उक्त क्याम्पमा विपिन्न परिवारका युवतीहरुलाई स्टुडेन्ट क्रेडिट कार्डमा नर्स तालिमका लागि बीसजनाले फारम जम्मा गरेको जानकारी प्राप्त भएको छ।आगामी सितम्बर महिनादेखि उक्त तालिम शुरु हुने संस्थानका निर्देशक मोहम्मद अख्तार शेकले जानकारी दिएका छन्। तालिम केन्द्रबाट गौरी सिंह साथै छ जनाको टोली तीनधारे अाएका थिए। यस क्याम्पमा धेरै संख्यामा छात्राहरुका उपस्थिति रहेको थियो जसमा युवा भाईहरुको निम्ति पनि फार्मेसिस्ट तालिम लिन सक्ने जानकारी गराइएको थियो। यस क्याम्पमा वरिष्ठ नागिरक कल्याण संस्थानका कार्यकारिणी सदस्य लगायत सचिव पूर्ण मास्के, सह- सचिव सुरेसचन्द्र दर्नाल अनि अध्यक्ष गान्धी मोक्तान साथै वरिष्ठ नागरिक गणेश छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।