गान्तोक: तेस्रो राज्य राष्ट्रिय सेवा योजना (एनएसएस) सल्लाहकार समितिको बैठक सम्पन्न भयो। उक्त सभाको खेलकुद एवं युवा मामिला विभाग केएन लेप्चाको अध्यक्षता गरेको थियो। बैठकमा सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली, प्रगति रिपोर्ट, कोषको स्थिति, गतिविधि/कार्यक्रम आदि विषय छलफल गरिएको बताइएको छ। राजधानीको स्थानीय एउटा होटलमा आयोजित बैठकमा भूराजस्व एवं आपदा प्रबन्धन विभाग सचिव अनिलराज राई, एचई/एसई निदेशक होण्डाला ग्याल्छेन, स्वास्थ्य विभागका प्रधान निदेशक डा. टिकेन्द्र के. राई र विभिन्न एनजीओका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा एनएसएस प्रकोष्ठकी राज्य नोडल अधिकारी ललिता छेत्रीले एनएसएस अन्तर्गत महत्वपूर्ण गतिविधिहरू र उपलब्धीहरूबारे जानकारी दिइन्।
बैठकमा खुल्ला बस सत्र पनि राखिएको थियो, जसमा सहभागी प्रतिनिधहरूले आफ्ना बहुमूल्य विचारहरू र सुझाउहरू राखे। मन्त्री लेप्चाले राज्यमा ध्वजवाहक कार्यक्रमहरूबारे सचेतना फैलाउन शिक्षा, स्वास्थ्य र सामाजिक सेवा कार्यक्रमहरूमा एनएसएस सदस्यहरूको सहभागिता आवश्यक रहेको बताए। उनले एनएसएस सदस्यहरूसॅंग नामित अधिकारीहरूले निरन्तर सम्पर्क गर्नुपर्ने आवश्यकतामाथि बल दिए।
मन्त्री लेप्चाले समुदायहरूलाई एनएसएस समितिमा सामेल हुन प्रोत्साहित गर्नुपर्ने आह्वान गरे। उनले परियोजनाहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न सरकारका विभागहरूको सहयोग लिनुपर्ने बताए।