अमृत भारत परियोजना अन्तर्गत हाँसीमारा रेलवे स्टेशनमा कार्यक्रम

ff1784e3-d7ea-49d9-a375-6d8e7b606428-1

कालचिनीः अमृत भारत परियोजना अन्तर्गत आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा देशको ५०८ वटा रेल स्टेशनहरूलाई आधुनीकरण गर्ने परियोजनाको उद्घाटन गर्ने क्रममा कालचिनी खण्डको न्यू हाँसीमारा रेल स्टेशनमा पनि रेलवे प्रशासनद्वारा एउटा कार्यक्रम सम्पन्न गऱ्यो। उक्त अवसरमा कालचिनी विधायक विशाल लामा लगायत अन्यान्य अधिकारीको उपस्थिति रहेको थियो।


कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा गरेको उद्घाटन समारोहलाई टेलिभीजन मार्फत हेर्दै न्यू हाँसीमारा रेल स्टेशनको पनि उद्घाटन गरिएको थियो। यस अवसरमा उपस्थित कालचिनी विधायक विशाल लामाले आजको दिन ऐतिहासिक रहेको र देशको प्रधानमन्त्रीले अमृत भारत परियोजना अन्तर्गत ५०८ वटा रेलवे स्टेशनहरूलाई सौन्दर्यकरण एवम् आधुनीकरण गर्ने क्रममा अलिपुरद्वार जिल्लाको न्यू अलिपुरद्वार, न्यू हाँसीमारा, दलगाउँ, कामाख्यागढी र फालाकाटा रेलवे स्टेशनहरूलाई पनि उद्घाटन गरेको र भविष्यमा रेलवे लाईनले छिमेकी देश भोटाङसम्म रेललाईन विस्तार गर्ने योजना राखेको र यसले अवश्यै भोटाङ सीमान्त डुवर्सको विकास हुने कुरामा आशावादी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement