कालचिनीः विगत १५ महीनादेखि मनरेगाको पैसा केन्द्र सरकारले रोकेर राखेको अनि मणिपुर घटनामा प्रधानमन्त्री किन चुप छन् र महंगाई विरुद्ध तृणमूलले आइतबार अलिपुरद्वार जिल्लाको विभिन्न ब्लकहरूमा धरना अनि विरोध प्रदर्शन गरिरहेको क्रममा कालचिनी स्थित कारगिल चौकमा पनि धरना प्रदर्शन कार्यक्रम सम्पन्न गऱ्यो। उक्त धरना प्रदर्शनमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, छात्रा नेता हैदर अली अन्सारी, तृणमूल जिल्ला सचिव असिम पाख्रिन एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
मूलतः भाजपा शासित केन्द्रिय सरकारले आजसम्म मनरेगाको सयदिने काम गर्ने गरीब जनसाधारणको पैसा विगत १५ महीनादेखि रोकेर राखेर गरीब मार्ने नीति अप्नाएको र देशमा हाल महंगाईले गरीब जनसाधारण मर्कामा परेको एवम् मणिपुर हिंसाको विषयमा देशको प्रधानमन्त्री आजसम्म चुप बस्नुको कारण के छ भन्दै यो धरना प्रदर्शन गरेको तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले जनाएका छन्।