किउजीङ्गमा ७७औं स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिता शुरु

n5256385521691348410268f479082f52fa92d61b862efae5a2c0dccf5f12f5b3fedefe40e53c4aa1fc40ca.jpg

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत किउजीङ्ग उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि ७७औं स्वतन्त्रता दिवस नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। यस अवसरमा मन्त्री सोनम लामा प्रमुख अतिथि तथा क्षेत्र विधायक टीटी भोटिया विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। फुटबल प्रतियोगितामा आज कुल दुईवटा खेल भएको थियो। पहिलो खेलमा आईआरबी सागबारी विजय भयो भने दोस्रो खेलमा आरएफसी राभाङ्लाले विजय हासिल गर्न सफल बन्यो। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

मन्त्री लामाले आफ्नो सम्बोधनमा सम्पूर्ण आयोजक समितिलाई बधाई दिँदै उक्त खेल मैदानलाई जमिनदाताको नाममा बढौतरी गरिने र निर्माणाधिन विद्यालय निर्माणका लागि क्याबिनेटमा कुरा राखेर पुनः निर्माण गरिने आश्वासन दिए। एनएचआईडीसीएलको सडक निर्माण कार्य सन्तोषजनक नभएकोमा मन्त्रीले उक्त कार्यको लागि भारत सरकारसमक्ष कुरा राखेर गुणस्तर काम गराउने पनि आश्वासन दिए। मन्त्री सोनाम लामा र क्षेत्र विधायक लगायत विभागीय अधिकारीहरुले कार्यक्रम अघि एनएचआईडीसीएलको निर्माणाधीन सडकको पनि निरीक्षण गरेका थिए। कार्यक्रममा बर्फुङ निर्वाचन क्षेत्रअन्तर्गतका सबै जिल्ला पञ्चायत सदस्यहरू, विभिन्न ग्राम पञ्चायत एकाईका पञ्चायतहरू, राज्य युवा मुख्य संयोजक सोनाम पिन्चो भोटिया, एसकेएम जिल्ला अध्यक्ष टेनी डोमा भोटिया, सीएलसी अध्यक्ष प्रकाश गुरुङ तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement